ज्ञानेन्द्र राजा लाई राजा बन्ने कुनै ईच्छा थिएन। आफ्नो दाजु लाई उनैको छोरा युवराज दिपेन्द्रले हत्या गरेको पूष्टि गर्ने कसैको आँट थिएन। आखिर उनीपनि त लोकप्रिय राजसंस्था कै सदस्य थिए। कसरी पत्याउनसक्ने यो कुरा? नेपालमा फैलने गरेको हल्लाहरु को आगोमा कसरी जन प्रिय युवराजको कुकृति फैलाउने? सोक विव्हल भएको सरकार तथा नेपालीहरुले कसरी यो घटना को पुष्टि गर्ने? कुनै खोज तलास बिना सरकारले कसरी यो कुरा जनता समक्ष ल्याउने?
यसरी विच बाटोमा टोल्याइरहेको नेपालमा कसैले विदेशबाट प्रारम्भिक सुचना प्रवाह गरे भने कसैले नेपालीहरुको पुरानो बानी बुझी आगो सुरु गरे: हत्या एक षड्यन्त्र हो भने। सरकारको स्थिति को फाइदा उठाएर यी तत्त्व हरुले आफ्नो इच्छा को पुर्तिको लागि/आफूले चाहेका गणतन्त्रको लागी जनतालाई फेरी हावैहावा मा उडाए।
कुनै पनि कुरा को विस्तृत खोजविन नगरी हल्लाको आधारमा हिँड्ने नेपालीहरुले यो कुनै हिन्दी च्यानल को टेले सिरियलको कथा सम्झि अनावश्यक रुपमा यो घटनालाई लुकेको रहस्य बनाए। विभिन्न रुपमा पुष्टि भएको तथ्यको भने कुनै अर्थ रहेन। सरकारी प्रतिवेदनलाई पनि हिन्दी सिरियल को दर्जा दिइयो। कसैलाई पत्तै भएन सामान्य जीवन भन्दा कति घातक थियो यो सोच।
यदि तपाई पक्कै सोच्नुहुन्छ प्रजातन्त्र नै सबैको लागी ठिक हो भनेर, इतिहास लाई फेरि पल्टाएर हेर्नुहोस्, खोजविन गर्नुहोस्, पत्तो पाउनुहोस् कसले प्रजातन्त्र मासेको छ। हल्ला (र गुण्डागर्दी) को भरमा पक्कै देश चल्दैन।
नारावादी हरु ले जुन नयाँ नेपाल को दावी गरेका छन्, त्यो खालि खोक्रो आश्वाशन मात्र हो। यदि उनिहरुको सत्ता आयो भने, नेपाल को अस्तित्व रहनेछैन। न झण्डा रहनेछ न त नेपाली हुनु को गौरव।
Tuesday, April 11, 2006
Subscribe to:
Post Comments (Atom)
2 comments:
"नेपालको भविष्य"
I completely agree.
"नेपालको भविष्य"
Post a Comment